कीवर्डहरू -

चुम्बकीय हेलमेटले एकदमै घातक ट्युमर हटाउन सफल

चुम्बकीय हेलमेटले एकदमै घातक ट्युमर हटाउन सफल

चुम्बकीय हेलमेटले विश्वकै पहिलो जाँचमा एकदमै घातक ट्युमर हटाउन सफल भएको छ । अहिलेसम्म एआईले टुयुमर पत्ता लगाएको घटना त हामीले पक्कै पनि धेरैनै सुनेका छौँ तर ट्युमर निको पारेको भने यो पहिलो पटक हो ।

अन्वेषकहरुले नयाँ चुम्बकीय हेलमेट बनाएका छन् जसले चुम्बकीय क्षेत्र पैदा गरेर ट्युमरलाई एक तिहाईले निको पार्ने गर्दछ । यो परिक्षण ५३ वर्षको विरामीमा गरिएको थियो । कम समयमानै विरामीको ट्युमर ३१ प्रतिशतले कम भएको पाइएको थियो ।

यो प्रक्रियालाई ग्लीयोब्लास्टोमा भनिन्छ । चुम्बकीय हेलमेटमा तीन ओटा घुम्ने म्यागनेटहरु रहेकन छन् जुन माइक्रोप्रोसेसरमा आधारित विद्युतिय कन्ट्रोलरको मद्दतले चल्ने गर्दछ ।

परिक्षण भएको विरामीले यो हेल्मेट क्लिनिकमा एक हप्तामा पाँच दिन सम्म लगाएका थिए र घरमा पनि आफ्नो श्रीमतिको मद्दतले लगाएका थिए । सुरुमा चुम्बकीय क्षेत्र २ घण्टाका लागि मात्रै दिइन्थयो तर पछि यसलाई प्रति दिन ६ घण्टाको दरले दिन थालिएको थियो ।

अझै परिमार्जन पछि यो हेल्मेटले बिना रेडिएसन वा केमोथेरेपीले नै एक दिन मस्तिष्कको क्यान्सरलाई निको पार्न सकिने अन्वेषकले बताउका छन् ।