कीवर्डहरू -

दोस्रो त्रैमासमा टेस्लाले उत्पादन गर्‍यो २०० हजार गाडी, आम्दानीमा पनि छलाङ

दोस्रो  त्रैमासमा टेस्लाले उत्पादन गर्‍यो २०० हजार गाडी, आम्दानीमा पनि छलाङ

टेस्लाका सीईओ एलन मस्कले सोमबार टेस्लाको दोस्रो त्रैमासिक २०२१ लगानीकर्ता आय कार्यक्रम गरेका थिए । त्यो कार्यक्रममा मस्कले यो क्वाटरमा सबैभन्दा बढी टेस्लाको गाडी निर्माण, विक्री र ढुवानी गरेको बताएका छन् ।

यो त्रैमासिकमा विक्री गत वर्ष भन्दा १५१ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीले २०० हजार गाडीको निर्माण यो क्वाटरमा गरेको छ ।

टेस्लाले दोस्रो त्रैमासिकमा ४३८ मिलियन डलर सेयर कमाएको छ । टेस्लाको नेट आय १.१ बिलियन डलरको रहेको छ । कम्पनीको गत वर्ष भन्दा आम्दानी ९८ प्रतिशतले बढेको छ । कोभिडको समय भएता पनि यसले टेस्लाको विक्रीमा कुनै फरक नपारेको देखाएको छ ।

टेस्लाले दोस्रो त्रैमासिकमा ८५ मेगाावाटको क्षमता रहेको सोलार उर्जा पनि सार्वजनिक गरेको थियो र १ हजार सुपरचार्जिङ स्टेसन थपेको छ । यो डेटाले विद्युतीय गाडीले फ्युल गाडीको मार्केट लिएको भन्ने देखाएको कम्पनीले बताएको छ ।

मस्क विद्युतीय कारको भविष्यका लागि आशावादीनै देखिएका थिए । हालैमा टेस्लाको सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध हुने भएको छ ।

टेस्लाका सीईओ एलन मस्कले यो वर्ष देखि आफ्नो सुपर चार्जर अरु विद्युतीय गाडीका लागि पनि खोल्ने बताएका छन् । यो सन् २०२१ को अन्त्य सम्ममा अरु कम्पनीका लागि पनि उपलब्ध हुने भएको छ ।