बुटवल । फोटोन मोटर्स नेपालले असार १५ गते (२९ जुन) बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यो विस्तारसँगै कम्पनीले नेपालभर आफ्नो पहुँच बढाउने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्याउने प्रयासलाई थप मजबुत बनाएको छ ।
व्यापारिक एवं यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकहरूलाई सेवा दिने लक्ष्य राखेको छ । यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारी साधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ ।
आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए ।
बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो । एउटै स्थानबाट सवारी बिक्री, ‘आफ्टर सेल्स सर्भिस’ तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य सहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन् ।
यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ । यस सुविधाले फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र नभई, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ ।
कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभएर नेपालभरका समुदायमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए ।
उनले प्रत्येक ‘टचपोइन्ट’मा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्याए । बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरिको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुन: व्यक्त गरेको छ ।
नेपालमा व्यवसायिक सवारी साधन आपूर्ति गर्ने अग्रणी कम्पनी एमएडब्लु वृद्धि कमर्सियल फोटोन भेहिकल्सको आधिकारिक वितरक हो, जसले विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ ।
आईसीटी समाचार