कीवर्डहरू -

‍प्रभु पे र लस्कर फुड्सबीच सम्झौता, प्रभु पेबाट भुक्तानी गर्दा मोबाइल जित्ने मौका

‍प्रभु पे र लस्कर फुड्सबीच सम्झौता, प्रभु पेबाट भुक्तानी गर्दा मोबाइल जित्ने मौका

डिजिटल वालेट प्रभु पे र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ । यस सम्झौतासँगै लस्कर फुड्सबाट खाना अर्डर गर्दा प्रभु पे प्रयोग गरी पैसा तिर्न सकिने छ ।

लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने छन् । प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रूपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिनेछ ।

त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्र मार्फत आकर्षक मोबाइल फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ । जसमा लस्कर फुड्सका प्रयोगकर्ताहरुले  मःमः, बर्गर र विरियानी २ वटा मगाउँदा १ फ्री प्राप्त गर्न सकिने छ ।

हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट जति सक्दो छिटो ग्राहकको घरमा खाना खाजा पुर्‍याउने लक्ष्य राखेको छ ।