कीवर्डहरू -

अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने

अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) बीच सम्झौता भएको छ ।

नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मी. साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिने र सो रकम भुक्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई हुनेछ ।

साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसन लिमिटेड बीच भएको सम्झौता पश्चात अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने छन् ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे)को साइकल यात्रा प्रवर्द्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई पे’ को भुक्तानी सेवा सेवाग्राहीलाई अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

सेवा शुरुआत गर्दै साइकल सिटी नेटवर्कका अध्यक्ष सैलेन्द्र डंगोलले साइकल यात्रा प्रवर्द्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।