कीवर्डहरू -

आईबिएमका अन्वेषकले बनाए पार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई

आईबिएमका अन्वेषकले बनाए पार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई

आईबिएमका अन्वेषकले आपार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई बनाएका छन् । अन्वेषकले पार्किन्सन रोग लागेपछि आगामी दिनमा रोगले कस्तो असर गर्छ भनेर बताउन सक्ने एआई बनाएका हुन् ।

यसभन्दा पहिले पनि डाक्टरहरुले एआई सफ्टवेयर प्रयोग गरेर मस्तिष्कको ट्युमर, मृगौलाको रोग र विभिन्न क्यान्सर भेटाउने प्रविधि पत्ता लगाइसकेका छन् ।

आईबिएम र माईकल जे फक्स फाउण्डेसनका अन्वेषकले पार्किन्सन रोगले कुन समयमा कतिको गाह्रो गर्छ भनेर भविष्यवाणी गर्न सक्ने एआई बनाएका छन् ।

अन्वषेकहरुले ल्यानसेट डिजिटल हेल्थ जर्नलमा यसले पहिलेनै भविष्यवाणी गरेर चिकित्सकहरुलाई विरामीको उपाचार गर्न अझै सहज बनाउने बताएका छन् ।

पार्किन्सनको लक्षण विरामी अनुसार फरक पर्ने र मोटर नन मोटर लक्षण नि बेग्लाबेग्लै हुने हुदाँ यो आईले एकदमै सहयोग पुर्‍याउने देखिन्छ ।

आईबिएमले १४०० भन्दा बढी विरामीको डेटासेट प्रयोग गरेर यो एआई बनाएको हो । यो एआई मोडेलले पार्किन्सन रोगको एकदमै दुर्लभ लक्षणहरु पनि भेट्याउन सक्छ ।

यो रोगले विश्वव्यापी रुपमा ६० लाख भन्दा बढीलाई असर पार्ने गर्दछ तर यसको अहिलेसम्म कुनै निश्चित उपचार रहेको छैन् । यो मोडेललाई अझै परिमार्जन गर्न ईबिएम र माईकल जे फक्स काम गरिरहने बताएका छन् ।