कीवर्डहरू -

स्वास्थ्य सेवा विभागको खोप दिने निर्णय पालना गर्न स्वास्थ्य कार्यालयलाई आइस्पानको आग्रह

स्वास्थ्य सेवा विभागको खोप दिने निर्णय पालना गर्न स्वास्थ्य कार्यालयलाई आइस्पानको आग्रह

स्वास्थ्य सेवा विभागले इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई कोभिड १९ विरूद्धको खोप प्रदान गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले पालना नगरेकोप्रति इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले ध्यानाकर्षण जनाएको छ ।

आईस्पानले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवा विभागले २ पटकसम्म कोभिड १९ विरूद्धको खोप प्रदान गर्ने निर्णय गरेपनि थुप्रै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले निर्णय पालना नगरेकोप्रति गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रायल, दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै यस विषयलाई गम्भिरतापूर्व लिन आग्रह गरेको हो ।

आस्पानले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य सेवा विभागको निर्णयलाई बिना अवरोध पालना गरिदिन आग्रह गरेको छ ।

इन्टरनेट सेवा प्रदायकका कर्मचारी घरघरमा पुगेर सेवा प्रवाह गर्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत असार २८ गते स्वास्थ्य सेवा विभागले खोप दिने निर्णय गरेको थियो ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायले पनि आवश्यक कारवाही गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको थियो ।

त्यसपछि पनि स्वास्थ्य सेवा विभागले खोप दिने निर्णय गरेको थियो । तर यसरी २ पटक निर्णय गरेपनि इन्टरनेट सेवा प्रदायकका कर्मचारीले खोप लगाउन नपाएकोप्रति आस्पानले ध्यानाकर्षण जनाएको हो ।