कीवर्डहरू -

टेलिग्रामको ग्रुप भिडियो कलमा अब एक हजार जना सहभागी हुन सक्ने

टेलिग्रामको ग्रुप भिडियो कलमा अब एक हजार जना सहभागी हुन सक्ने

टेलिग्रामको ग्रुप भिडियो कलमा अब १ हजारसम्म सहभागी हुन सक्ने भएका छन् । गत जुनमा टेलिग्राम सार्वजनिक भिडियो कल फिचरमा थप सुधार गर्दै १ हजारसम्म सहभागी हुन सक्ने व्यवस्था गरेको हो ।

यस फिचरमा ३० जना प्रयोगकर्ताले भिडियोसहित सहभागी हुन् सक्नेछन् भने आफ्नो स्क्रीन समेत शेयर गर्न सक्नेछन् । त्यस्तै बाँकी ९७० जना प्रयोगकर्ताले श्रोताको रूपमा सुन्न र हेर्न सक्नेछन् ।

टेलिग्रामले पहिलो पटक भिडियो कलको फिचर ल्याउँदा ग्रुप च्याटमा सहभागी बढाउने सधै योजना रहेको बताएको थियो । कम्पनीले भनेअनुसार नै सहभागीको लिमिट बढाएको हो ।

टेलिग्रामले भिडियो म्यासेजिङ फिचर पनि अपग्रेड गरेको छ । अब प्रयोगकर्ताले हाई रिजोलुसनमा हेर्न सक्नेछन् । प्रयोगकर्ताले वान टु वान भिडियो कलमा साउन्डसहितको स्क्रीन शेयर गर्न सक्नेछन् ।

प्रयोगकर्ताले म्यासेजहरु एकदिन वा एकहप्ताको सट्टा एकमहिनामा स्वत डिलिट गर्नका लागि सेट गर्न सक्नेछन् । त्यस्तै टेलिग्रामले एन्ड्रोइड एपमा प्लेब्याक फिचर समेत थप गरेको छ ।