कीवर्डहरू -

यसरी थाहा पाउनुहोस् आफ्नो डिभाइसको आईपी एड्रेस

यसरी थाहा पाउनुहोस् आफ्नो डिभाइसको आईपी एड्रेस

इन्टरनेटमा कनेक्ट गरिएको डिभाइसले आफ्नो प्रणालीलाई आईपी एड्रेसको आधारमा मात्रै चिन्ने गर्छ । नामको आधारमा चिन्दैन्  । इन्टरनेटसँग कनेक्ट गरिएको हरेक डिभाइसमा बेग्लाबेग्लै आईपी एड्रेस दिइएको हुन्छ ।

यसले नेटवर्क सम्बन्धी कार्यहरु गर्न दिन्छ । के तपाईलाई तपाईले प्रयोग गर्ने डिभाइसको आईपी एड्रेस थाहा छ ? यदी थाहा छैन् भने हामी थाहा पाउने तरिकाको जानकारी दिदैछौं ।

पहिलो तरिका गूगलमा गएर ‘ह्वाट्स माई आईपी’ भनेर सर्च गर्दा आईपी एड्रेस आउने गर्दछ । विन्डोजमा आईपी एड्रेस भेटाउने अर्काे उपाय भनेको सिटिआरएल प्लस सिफ्ट प्लस ईन्टर थिचेर कमाण्ड प्रम्प्ट खोल्ने र ipconfig टाइप गरेर ईन्टर थिच्ने ।

यसले आई पी फोर एड्रेस, सबनेट मास्क र डिफल्ट गेटवे जस्तो जानकारी दिने गर्दछ । यसमा इथरनेट एडाप्टर र वायरलेस ल्यान एडाप्टरको वाईफाई जानकारी पनि हुने गर्दछ ।

अर्काे तरीका भनेको टास्कबारमा गएर वाईफाई नेटवर्क छान्ने र वाईफाई नेटवर्कमा राईट क्लिक गरेर पर्पटिजमा थिच्नुपर्छ । पर्पटिजमा गएर आई पी फोर एड्रेस अन्र्तगत आईपी एड्रेसमा हेर्न सकिन्छ ।