कीवर्डहरू -

काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौंमा एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाई रहेका छन् ।

बुधबार राति साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।