कीवर्डहरू -

ह्वाटसएपमा एकपटक हेरेपछि आफै फोटो र भिडियो हराउने फिचर, यसरी गर्नुहोस् प्रयोग

ह्वाटसएपमा एकपटक हेरेपछि आफै फोटो र भिडियो हराउने फिचर, यसरी गर्नुहोस् प्रयोग

ह्वाटसएपले आफ्नो प्लेटफर्ममा ‘भ्यू वान्स’ नामक फिचर ल्याएको छ । यो फिचरले गर्दा ह्वाट्सएपमा पठाइएको फोटो तथा भिडियो एक चोटि हेरेपछि आफै हराउने गर्दछ । यो फिचर स्न्यापच्याट, म्यासेन्जर र इन्स्टाग्रामको फोटो फिचर जस्तै हो ।

ह्वाटसएपमा फोटो खिच्दा प्रयोगकर्ताहरुले टाइमर आइकनलाई ‘भ्यू वान्स’मा सेट गर्न सक्नेछन् । ‘भ्यू वान्स’मा आएको कन्टेन्टलाई च्याटमा प्रिभ्यू गर्न सकिदैन् र आफ्नो डिभाइसमा डाउनलोड पनि गर्न सकिदैन् । फेसबुकले यो फिचरलाई प्राईभेट मुमेन्ट नाम दिने भएको छ ।

यसमा मान्छेले कुनै संवेशनशील जानकारीहरु पनि पठाउन सक्छन् । यसमा प्रयोगकर्ताहरुले भने स्क्रीनसट तथा भिडियो रेकर्ड गर्न सक्नेछन् र स्न्यापच्याटले जसरी स्क्रीनसट खिचेको भनेर अर्काे प्रयोगकर्तालाई जानकारी दिदैन् । ‘भ्यू वान्स’ कन्टेन्टलाई रिपोर्ट गरिएको खण्डमा त्यो कन्टेन्ट ह्वाटसएपले पनि हेर्न सक्छ ।

प्रयोगकर्ताले १४ दिनसम्म ‘भ्यू वान्स’ कन्टेन्ट सिन नगरेमा पनि कन्टेन्ट आफै डिलिट हुने गर्दछ । यसका लागि ह्वाट्सएपको पछिल्लो भर्सन डाउनलोड र इन्स्टल गर्नुपर्छ । अब यो फिचर कसरी प्रयोग गर्ने भन्ने बारे हामी छलफल गर्नेछौँ ।

सर्वप्रथम ह्वाटसएपमा गएर कुनै पनि एउटा च्याटमा जाने । त्यसपछि च्याटबक्सको क्यामेरा आईकनमा क्लिक गरेर ईमेज वा भिडियो सेलेकट गर्नुपर्छ ।

त्यसपछि प्रिभ्यू विन्डो खुल्छ जसमा टेक्सट बक्सको बायाँ भागमा रहेको ‘भ्यू वान्स’ आइकनमा थिच्नुपर्छ । यो फिचर इनेबल भएपछि मिडिया  ‘भ्यू वान्स’ फिचरबाट पठाउन सकिनेछ ।