कीवर्डहरू -

बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै

बाल यौन दुर्व्यवहार रोक्न आईफोनमा नयाँ फिचर आउँदै

एप्पलले बाल उत्पीडन रोक्न आईफोनमा नयाँ फिचर ल्याउने भएको छ । एप्पलले मेसेज, फोटोज र सिरीमा विभिन्न बालबालिका सुरक्षा फिचरहरु ल्याउने भएको हो । मेसेजेज एपमा यौन तस्वीरहरु पठाएको वा कन्टेन्ट पाएमा दुवै बालबालिका र अभिभावकलाई नोटिफिकेसन जानेछ ।

कसैले बालबालिकालाई अनैतिक तस्बीर पठाएमा एपले आफै ती फोटोलाई ब्लर गरिदिएर विभिन्न सावधानीको नोटिफिकेसन पनि पठाउने छ । त्यस्तो संवेदनशील ईमेजलाई बालबालिकाले खोलेर हेरेमा अभिभावकलाई नोटिफिकेसन पनि जानेछ ।

कम्पनीले मेसिन लर्निङ प्रयोग गरेर तस्बीर अनैतिक हो की होइन भन्ने बारे थाहा पाउने छ । यस फिचरले प्रयोगकर्ताको गोपनीयतालाई पनि प्राथमिकता दिनेछ । यो प्रणालीले पिक्चर हेर्नुभन्दा पनि डेटाबेस प्रयोग गरेर उक्तसँग मिल्ने खालको फोटोमा नोटिफिकेसन पठाउने गर्दछ ।

सिरीले भने बालबालिका सुरक्षा स्रोतहरु देखाइ दिने काम गर्नेछ । यसमा बालबालिकाको उत्पीडन कसरी रिपोर्ट गर्ने जस्ता जानकारी हुने गर्दछ ।