कीवर्डहरू -

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्ने

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्ने

गूगलको नयाँ नेस्ट क्याम र ढोकाको घण्टी ब्याट्रीबाट पनि चल्न सक्ने भएको छ । गूगलले नेस्ट लाइनअपमा तीन ओटा नयाँ प्रडक्ट ल्याएको छ ।

यी नेस्ट क्याम र ढोकाको घण्टीलाई तपाई जहाँ चाहनुहुन्छ त्यही इन्स्टल गर्न सक्नुहुनेछ । यसको ब्याट्री कति टिक्छ भन्ने कुरा कति सामाग्री रेकर्ड गरिएको छ र तापक्रम र सेटिङ्ग जस्ता कुराहरुमा भरपर्ने गर्दछ ।

गूगलका अनुसार ढोकाको घण्टीको ब्याट्री एक चोटि चार्ज गरेपछि ६ महिना र नेस्ट क्याम ७ महिना चल्ने गर्दछ । ब्याट्रीलाई यूएसबी सी प्रयोग गरेर चार्ज गर्न सकिन्छ ।

क्यामेरालाई यूएसबी ए एडप्टर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । क्यामेराको रिजोल्यूसन ९८९ १२८० पिक्सेलको रहेको छ र यसले करिब ३० फ्रेम प्रति सेकेण्डमा भिडियो क्यापचर गर्न सक्छ ।

यसमा ६ गुणा डिजिटल जूम र नाईट भिजन पनि रहेको छ । त्यस्तै क्यामेराको १४५ डिग्री डाईगनल फिल्ड अफ भ्यू रहेको छ र अध्याँरोमा पनि १० फिटको दूरीसम्म क्यापचर गर्न सक्छ ।

यो डिभाइसले कुनै महत्वपूर्ण घटना भएमा मात्रै तपाईलाई सावधान गराउने गर्दछ । नेस्ट क्याम र ढोकाको घण्टी दुवैको १८० डलर पर्ने गर्दछ ।