कीवर्डहरू -

इमेल र आउटलुकमा अन्डु सेण्डको समय कसरी बढाउने ? 

इमेल र आउटलुकमा अन्डु सेण्डको समय कसरी बढाउने ? 

ईमेलमा वा आउटलुकमा अन्डु सेण्ड गरेर कुनै पनि मेललाई नपठाउन सकिन्छ । अन्डु सेण्ड बटनलाई डिले सेण्ड फिचर पनि भनिन्छ ।

यो फिचर हामी सबैले पक्कै पनि कुनै गलत मान्छेलाई मेल गएर होस् वा गलत डक्युमेन्ट पठाएकाले प्रयोग गरेकै हुनुपर्छ । तर यो फिचर एकदमै कम सेकेण्डका लागि मात्रै उपलब्ध हुने गर्दछ ।

तर हामीले ईमेलमा ३० सेकेण्ड र आउटलुकमा १० सेकेण्ड सम्म बनाउन सक्छौँ ।  अन्डु सेण्डको समय बढाउनका लागि तलको प्रक्रिया प्रयोग गर्न सकिन्छ ।

ईमेलमा समय बढाउनका लागि

सर्वप्रथम वेब ब्राउजरमा गएर जिमेलको सेटिङगमा जानुपर्छ । त्यसपछि जनरल ट्याबमा क्लिक गरेर अन्डु सेण्डको अप्सन खोज्नुपर्छ । यसपछि ड्रप डाउन मेन्यूमा अन्डु विन्डो सेलेक्ट गर्नुपर्छ ।

यसमा ५ सेकेण्ड, १० सेकेण्ड, २० सेकेण्ड र ३० सेकेण्ड जस्तो अप्सनबाट छानेर समय मिलाउन मिल्छ । यसपछि स्क्रोल गरेर सेभ चेन्जमा क्लिक गर्नुपर्छ ।

आउटलुकमा समय बढाउनका लागि

सर्वप्रथम आउटलुक सेटिङगमा गएर भ्यू अल सेटिङगमा क्लिक गर्नुपर्छ । त्यसपछि त्यहाँ सेलेक्ट मेलमा गएर कम्पोज एण्ड रिप्लाईमा जाने र त्यहाँ भएको अन्डु सेण्डको अप्सन तल टाइम फ्रेम सेलेक्ट गर्नुपर्छ । यति गरेर सेभमा क्लिक गर्नुपर्छ ।