कीवर्डहरू -

द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ । द ब्रिटिस कलेज बीएसीको मान्यता पाउने नेपालको पहिलो कलेज बनेको छ ।

ब्रिटिस कलेजले नेपालमा लामो समयदेखि युनिभर्सिटी अफ वेष्ट इंगल्याण्ड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

बीएसीको टिमले द ब्रिटिस कलेजको सबै पक्षलाई शुक्ष्म तरिकाले अध्ययन तथा अनुसन्धान गरेर मान्यता दिएको हो । बीएसीले शैक्षिक संस्थाहरूको सामान्य त्रुटी भटिएपनि मान्यता दिदैन् ।

द ब्रिटिस कलेजमा एमबीए, एमएससी इन्फर्मेसन एण्ड टेक्नोलोजी, बीबीए, बीएससी कम्प्युटिङ, बीएससी हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट लगायतका विषयहरु पढाइ हुँदै आएका छन् ।