कीवर्डहरू -

अन्तरिक्ष यात्राका लागि भर्जिन ग्यालाक्टिकले टिकट बेच्न थाल्यो, एउटा टिकटको मूल्य ५ करोड बढी

अन्तरिक्ष यात्राका लागि भर्जिन ग्यालाक्टिकले टिकट बेच्न थाल्यो, एउटा टिकटको मूल्य ५ करोड बढी

भर्जिन ग्यालाक्टिकले अन्तरिक्ष यात्राका लागि प्रति टिकेट ४ लाख ५० हजार डलर अर्थात ५ करोड ३५ लाख बढी रूपैयाँमा पुनः टिकेट विक्री गर्न थालेको छ । केही समय अघि मात्रै रिचार्ड ब्रान्सन भर्जिन ग्यालाक्टिकमा बसेर अन्तरिक्ष यात्रामा गएका थिए ।

कम्पनीले विभिन्न मल्टी सिट प्याकेज र सम्पूर्ण फ्लाईट बुक गर्न मिल्ने सुविधा पनि राखेको छ । कम्पनीले आफ्नो दोस्रो त्रैमासिकमा व्यवसायिक रुपले पनि राम्रो गरेको बताएको छ ।

अहिलेको कम्पनीको यूनिटी स्पेसक्राफ्टमा दुई जना पाईलट बाहेक ४ जना यात्री बस्न सक्ने सुविधा रहेको छ । त्यही कारणले भर्जिन ग्यालाक्टिकले सम्पूर्ण फ्लाईट बुक गर्न मिल्ने सुविधा पनि राखेको हो ।

सिएनबिसीको रिपोर्ट अनुसार भर्जिन ग्यालाक्टिकको आगामी उडानमा इटलीको एयर फोर्स जाने बताइएको छ । त्यसपछि कम्पनीले सन् २०२२ को मध्यसम्मका लागि बिदा लिनेछ र मात्रै उडान पुनः सञ्चालन गर्नेछ ।