कीवर्डहरू -

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि  राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा गएर फारम भर्न सकिने कार्य तत्काललाई स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जानकारी दिएको हो ।

किर्तिपुरमा गएर आवेदन बुझाउन सकिने कार्य स्थगित भएपनि अनलाइनबाट भने फारम भर्न सकिने मन्त्रायले जनाएको छ ।

क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन यहाँ क्लिक गरी मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ ।

अनलाइन फारम भरेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र तयार भयो कि भएन भनेर यहाँ क्लिक गरी थाहा पाउन सकिने छ र  प्रमाणपत्र तयार भएपछि उक्त लिंकबाट प्राप्त गर्न सकिने छ ।