कीवर्डहरू -

गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार सेवा विस्तार गर्ने सञ्चार सचिवको प्रतिवद्धता

गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार सेवा विस्तार गर्ने सञ्चार सचिवको प्रतिवद्धता

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले पदबहाली गरेका छन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ड अर्यालले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच पदबहाली गरेका हुन् ।

पदभार ग्रहण गर्दै सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा जिम्मेवारी भएकाले कुशलतापूर्वक निभाउन निकायगत, क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए ।

उनले डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पनाको गरेको डिजिटलमा आधारित अर्थतन्त्रमा रूपान्तरण, आईटीको सुरक्षित प्रयोग, गुणस्तरीय एवं स्वस्थ दूरसञ्चार तथा आमसञ्चार क्षेत्रको विस्तार, इकमर्ससँग हुलाक सेवाको आवद्धता, मुद्रण सम्बन्धि कार्यको सहजीकरण लगायत चलचित्र क्षेत्रको विकासका लागि आवश्यक समन्वय एवं सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे ।

साथै अर्यालले प्रशासनिक आचरण पालनामा सबैको आवश्यक सहयोग रहने आशा समेत व्यक्त गरे ।