कीवर्डहरू -

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पे मार्फत भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने

भोजबाट फुड अर्डर गर्दा आईएमई पेबाट भुक्तानी गरे २० प्रतिशत क्यासब्याक पाइने भएको छ । यसका लागि आईएमई पे र भोज बीच सम्झौता भएको हो ।

भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबिच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० प्रतिशत क्यासब्याक गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

यो अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागू हुनेछ । आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार व्यवस्थापक आमोद भट्टराईले सेवाग्राहीले आइएमई पेबाट भुक्तानी गरेर यस योजनाको अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै भोजका सह-संस्थापक निकेत अग्रवालले भोजडिल्सबाट खरिद गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास व्यक्त गरे ।