कीवर्डहरू -

डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)

डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल, कलेज बन्द हुँदा अनलाइनबाटै विद्यार्थीहरु पढिरहेका छन् । यस्तो अवस्थामा डिजिटल शिक्षाको महत्व देखिएको छ ।

महामारीले स्कुल कलेज बन्द हुँदा पनि प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ रोकिएको छैन् । नयाँ अनुभव भएकाले केही असहज समेत भएको छ । कोरोना महामारी अगाडिसम्म अनलाइन शिक्षालाई त्यति महत्व नदिएपनि महामारी पछि भने महत्व दिन थालिएको छ ।

तर गाउँ गाउँमा कनेक्टिभिटीको समस्या हुँदा अझै पनि अनलाइन कक्षामा केही समस्या देखा परेका छन् । तर पनि कोरोना महामारीले डिजिटल शिक्षालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

नेपालमा पनि डिजिटल शिक्षाको खाँचो देखेर सन् २०१८ मा निमा एकेडेमी एजुकेसन फाउन्डेसनले डिजिटल लर्निङ प्लेटफर्म निमा एकेडेमी शुरू गरेको थियो । पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम अनुसार निमा एकेडेमीमा कक्षा १ देखि १० सम्मका कोर्सहरु राखिएको छ ।

निमा एकेडेमी वेबसाइट र एपबाट प्रयोग गर्न सकिन्छ । यसबाट इन्टरनेट भएको बेला एपका कन्टेन्टहरू डाउनलोड गरेर अफलाइनमा पनि पढ्न सकिन्छ । अडियो तथा भिडियो दुबै माध्यमबाट कोर्ष डिजाइन भएकाले विद्यार्थीहरुलाई बुझ्न सहज हुने कम्पनीका सिओओ नेहा जोशीले बताइन ।

पछिल्लो समय कोभिड १९ र लकडाउनको कारण डिजिटल लर्निङ मुख्य आवश्यक्ता बनिरहेको हुँदा, त्यो ग्यापलाई निमा एकेडेमीले पुरा गर्ने जोशीको भनाइ छ ।

शनिबार निमा एकेडेमीले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाइरहेको छ । सन् २०२२ सम्ममा नेपाली विद्यार्थीहरुका लागि अन्तराष्ट्रिय स्तरबाट मान्यता प्राप्त कोर्षहरु उपलब्ध गराउने निमाको उदेश्य रहेको छ l

हेर्नुहोस् निमा एकेडेमीसँग हामीले गरेको भिडिओ कुराकानी