कीवर्डहरू -

गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९ प्रतिशत भाइरस मार्ने दावी

गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा, ९९ प्रतिशत भाइरस मार्ने दावी

चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएलले गोदरेजको भाइरोसिल्ड नेपाली बजारमा भित्र्याएको छ ।

कोरोनाको दोस्रो लहर आएसँगै घर, हस्पिटल, बैंक तथा अन्य सेवारत संघसंस्थाहरूमा सामानहरूलाई जीवाणु रहित बनाउन भाइरोसिल्ड ल्याएको कम्पनीले जनाएको छ ।

२ देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्छ ।

भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ ।

भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंक जस्ता सामानहरु भने राख्नु हुँदैन ।

आईसीएमआर ल्याब तथा सीएइसआईआर अर्गनाइजेशनद्वारा सर्टिफाइड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टीमा उपलब्ध भएको कम्पनीको दावी छ ।