कीवर्डहरू -

टेस्लाको अटोपाईलट फिचरमाथि अनुसन्धान गरिदै

टेस्लाको अटोपाईलट फिचरमाथि अनुसन्धान गरिदै

टेस्लाको अटोपाईलट फिचरमाथि संघीय अनुसन्धान शुरू भएको छ । अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले टेस्लाको अटोपाईलट प्रणालीमा अनुसन्धान सुरु गरेको हो ।

सन् २०१८ देखि टेस्लाको अटोपाईलटले ११ ओटा दुर्घटना भईसकेका छन् जसले गर्दा १७ जनालाई चोटपटक र एक जनाको मृत्यु भएको थियो ।

धेरै जस्तो दुर्घटना रात्रीकै समयमा भभएको पनि पाइएको छ । यी सबै गाडीहरु कि त अटोपाईलट वा यातायात जागरूक क्रूज नियन्त्रणमा रहेको पाइएको थियो । यो अनुसन्धान सन् २०१४ देखि २०२१ सम्मको मोडेल वाई, एक्स, एस र थ्री अन्तरगत रहेर गरिनेछ ।

यसले करिब ७ लाख ६५ हजार टेस्ला गाडीहरु समेट्ने गर्दछ । दुर्घटना मासाचुसेट, मिचिगन र एरिजोनामा भएका थिए । ओडिआईको क्यालिफोर्नियामा पनि तीन ओटा दुर्घटना भएको थिए ।