कीवर्डहरू -

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’, उपहारका साथै ६० प्रतिशतसम्म छुट पाइने

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’, उपहारका साथै ६० प्रतिशतसम्म छुट पाइने

इ-कमर्स कम्पनी स्मार्ट डोकोले ‘रक्षाबन्धन अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाई तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म) पाउने छन् । त्यस्तै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५०० सम्म)को छुट पाउनेछन् ।

स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पर्फ्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरी लगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छुटको अफर ल्याएको छ ।

ग्राहकहरुले अफरको लाभ लिन स्मार्ट डोको मोबाइल एप डाउनलोड गर्नुपर्ने र स्मार्टडोको वेबसाइटमा गई अर्डर गर्नुपर्ने कम्पनीले जनाएको छ ।