कीवर्डहरू -

आइस्पानले भन्योः भरतपुरमा सुनियोजित रूपमा इन्टरनेटको तार काट्ने कार्य निन्दनीय छ 

आइस्पानले भन्योः भरतपुरमा सुनियोजित रूपमा इन्टरनेटको तार काट्ने कार्य निन्दनीय छ 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले बागमति प्रदेशको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) काटेकोमा आपत्ति जनाएको छ ।

बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै आइस्पानले इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रूपमा काट्ने काम गरी दूसञ्चार उपकरणमा क्षति पुर्‍याएर दुरसञ्चार उपकरण नियन्त्रणमा इन्टरनेट अवरूद्ध गराएको जानकारी दिएको छ ।

आईस्पानका अनुसार पोल भाडादरबारे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयसँग छलफल भइरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको हो ।

‘इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

गत साउन २४ मा दूरसञ्चार ऐनको दफा २१ र दफा ४२ को व्यवस्थाबारे नेपाल विद्युत प्राधिकरणलाई नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी गराउँदा गराउँदै पनि यस्ता गैरजिम्मेवारीपूर्ण क्रियाकलाप गरेकोमा हामी इन्टरनेट सेवा प्रदायकहरु ज्यादै अचम्मित भएको विज्ञप्तीमा उल्लेख छ ।

उक्त क्रियाकलापले भरतपुरका दशौं हजार आम उपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती

\"\"
\"\"