कीवर्डहरू -

वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्दै

वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्दै

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘प्रोमोटिङ ग्लर्स इन आईसिटी’ भन्ने विषयमा ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यसमा २२ वर्षसम्मका छात्राहरुले सहभागी हुन पाउनेछन् । यसका लागि सहभागीहरुले विद्यार्थी परिचयपत्र वा नागरिताको प्रतिलिपी बुझाउनुपर्ने हुन्छ । ग्राफिक डिजाइनहरु आगामी ८ सेप्टेम्बरसम्म पठाइसक्नुपर्छ ।

डिजाइनको एसपेक्ट रेसियो ६४० X ४८० पिक्सेलको हुनुपर्छ र रिजोल्युसन ३०० रेस/ डिपिआईको हुनुपर्ने आयोजकले जनाएको छ । फाइल साइज ८ एमबी भन्दा कम साइजको हुनुपर्नेछ । विजेताले प्रमाणपत्र र विभिन्न नगद पुरस्कार पनि पाउनेछन् ।

डिजाइनहरु यहाँ क्लिक गरेर पठाउन सकिन्छ । रजिस्ट्रेसनका लागि यहाँ क्लिक गर्नुहोस् । थप जानकारीका लागि यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।