कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु १ अर्ब ३८ करोड १८ लाख

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु १ अर्ब ३८ करोड १८ लाख

महालेखा परीक्षकको कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब ३८ करोड १८ लाख रूपैयाँ रहेको जनाएको छ ।

शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षकको वार्षिको प्रतिवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम १ अर्ब ३८ करोड १८ लाख रूपैयाँ उल्लेख गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरूजु रकम कुल बेरूजु रकमको १.९४ प्रतिशत रहेको छ । महालेखा परीक्षकको कार्यालयले मन्त्रालयहरुको कुल बेरुजु ७१ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको जनाएको छ ।