कीवर्डहरू -

कुन कुन ठाउँमा पुग्यो डिशहोम फाइबर नेट ?

कुन कुन ठाउँमा पुग्यो डिशहोम फाइबर नेट ?

डिशहोमको फाइबर नेट सेवा काभ्रेपलाञ्चोकको बनेपामा विस्तार भएको छ । छिटो, सस्तो र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध अनुरुप डिशहोम फाइबर नेट बनेपामा पुगेको कम्पनीले जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यस अघि नै डिशहोम फाइबर नेटको सेवा पुगिसकेको छ । डिशहोम फाइबरनेटले १० एमबीपीएसदेखि १०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ।

समग्र नेपालमा पुग्ने लक्ष्यसहित हाल बनेपा पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।