कीवर्डहरू -

ह्वाट्सएपले पहिलो पटक आईप्याड एप ल्याउँदै

ह्वाट्सएपले पहिलो पटक आईप्याड एप ल्याउँदै

पहिलो चोटि ह्वाट्सएपको आईप्याड एप सार्वजनिक हुने भएको छ । कम्पनीले कुनै पनि अकाउन्टमा कुनै उपकरणलाई प्रमुख डिभाइसको रुपमा सेटअप गर्नका निम्ति एण्ड टू एण्ड इन्क्रिप्सन चाहिने गर्दछ । कम्पनीले जुलाईमै स्मार्टफोन बिनाको मल्टि डिभाइस कनेक्सनका लागि इन्क्रिप्सनमा काम गरिरहेको बताएको थियो ।

यही योजना अन्तर्गत ह्वाट्सएपले आईप्याड एप सार्वजनिक गर्न सक्ने भएको छ । ह्वाट्सएपको जानकारी दिने वाबेटाइन्फो अकाउन्ट अनुसार कम्पनीको आउँदो मल्टि डिभाइस बेटालाई प्रयोग गरेर दुवै आईप्याड र एन्ड्रोइड ट्याबलेटलाई ह्वाट्सएप अकाउन्टसँग लिकंड डिभाइसको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो एप अहिले विकासकै क्रममा रहेको छ र पछि अपडेटको माध्यमले सार्वजनिक हुनेछ । यो एप स्मार्टफोन अफलाइन हुँदा पनि चल्ने वाबेटाइन्फोले बताएको छ ।