कीवर्डहरू -

सफल परीक्षण भएपनि सञ्चालनमा आएन भूकम्पको पूर्व सूचना दिने प्रणाली 

सफल परीक्षण भएपनि सञ्चालनमा आएन भूकम्पको पूर्व सूचना दिने प्रणाली 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पको पूर्व सूचना दिने प्रणालीको सफल परीक्षण गरेपनि सञ्चालनमा नल्याएको महालेखा परीक्षणकको कार्यालयले बताएको छ ।

चीन सरकारको सहयोगमा देशका ३२० स्थानमा १५ देखि २० किलोमिटरको दूरीमा संयन्त्र जडान गरी मोबाइल, एफएम, रेडियो आदिबाट भूकम्पको पूर्व सूचना दिने प्रणाली स्थापना गर्ने लक्ष्य अनुसार ४० स्थानमा सफल परीक्षण भएको थियो ।

पूर्वसूचना दिने प्रणालीले १२ देखि २२ सेकेण्ड अगाडि नै भूकम्पको पूर्व जानकारी दिन्छ । उक्त प्रणाली स्थापना गरी सञ्चालनमा गर्ने सम्बन्धमा विगत वर्ष सुझाव दिए तापनि स्थिति यथावत रहेको महालेखापरीक्षणको ५८ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।