कीवर्डहरू -

यसरी सजिलै मेन्टेन गर्नुहोस् आफ्नो कम्प्युटर

यसरी सजिलै मेन्टेन गर्नुहोस् आफ्नो कम्प्युटर

धेरैजसो समय कम्प्युटरको राम्रोसँग हेरचाह नगरेमा विभिन्न समस्याहरु आउने गर्छन् । हार्ड ड्राइभ क्रयास हुनेदेखि लिएर भाइरस संक्रमण हुने र डेटा हराउने जस्ता विभिन्न समस्याहरु आउन सक्छन् ।

कम्प्यूटरको राम्ररी हेरचाह गरेमा मात्रै त्यसले राम्रो परिणाम दिने गर्दछ । पछि केही ठूलो समस्या आउनुभन्दा केही पहिलेनै राम्रो हेरचाह गरेर उपकरण राखेमा लामो समयसम्म डिभाइसहरु चल्ने गर्दछ ।

यसले हाम्रो फाइलहरु पनि पछिसम्म प्रयोग गर्न सकिन्छ । त्यस कारण आज हामीले आफुले प्रयोग गर्ने कम्प्युटर कसरी सजिलै मेन्टेन गर्ने तरिका बार जानकारी दिदैछौं ।

महत्वपूर्ण फाइलहरु ब्याकअप गर्ने ?

हार्ड ड्राइभको डेटालाई सकेसम्म समय समयमा ब्याकअप गरिरहनुपर्छ । तपाईहरुले आफ्नो सफ्टवेयर तथा फाइलहरुमा कति पैसा तथा समय खर्चिनुभएको हुन्छ र ती सबै ड्राइभ क्रयास भएमा एकदमै नराम्रो लाग्ने गर्दछ ।

त्यस कारण सुरक्षित रुपमा फाइल ब्याकअप गर्ने बानी गरेमा हामीले लामो समयसम्म कुनै पनि फाइल खोलेर हेर्ने सक्छौं । यसको लागि सबैभन्दा राम्रो उपाय भनेको क्लाउडमा आधारित ब्याकअप सेवा हो ।

निःशुल्क ब्याकअप सेवा प्रयोग नगरेको खण्डमा हरेक महिना केही शुल्क तिर्नुपर्ने हुन्छ नत्र निःशुल्क पनि धेरै राम्रो ब्याकअप सेवाहरु रहेका छन् । कुनै अरु ड्राइभमा डेटा स्टोर गरेर पनि मान्छेहरुले ब्याकअप गर्ने गर्दछन् ।

महत्वपूर्ण सफ्टवेयरहरु नियमित रुपमा अपडेट गर्ने

सफ्टवेयरहरुलाई नियमित रुपमा अपडेट गर्नु अनिवार्य अप्सन नै भइसकेको छ । भाइरस, मालवेयर, जकं मेल, सुरक्षा ब्रिच, हार्डवेयरमा समस्या जस्ता विभिन्न समसयाहरु दिनदिनै बढ्दै गइरहेका छन् ।

यस्तो अवस्थामा सफ्टवेयर अपडेट नगरेमा ठूला समस्याहरु पबि आउन सक्छन् । कम्प्युटरलाई प्याचेज, फिक्सेज र डिभाइस ड्राइभरले अपडेट गरिरहनुपर्छ ।

त्यस्तै पिसीमा एन्टीभाइरस प्रोग्राम पनि राख्नुपर्छ र समयसमयमा भाइरसका लागि स्क्यान गरिरहनुपर्छ । एन्टीभाइरस प्रोग्राममा अल्वेज अनको अप्सन जहिले पनि सुचारु भईराख्नुपर्छ ।

कम्पनीहरुले तपाईको डेटा सुरक्षाका लागि अपडेटहरु ल्याइरहेका हुन्छन् । त्यस कारण तिनीहरुलाई बेवास्ता गर्नुहुँदैन् । केही अपडेट आफै पनि इन्स्टल हुने किसिमको हुने गर्दछन् ।

राम्रोसँग सफा गर्ने

हामीलाई थाहा छ की धेरै कम्प्यूटर पार्टहरु सफा भएको अवस्थामा झनै राम्रो चल्ने गर्दछन् । कम्प्यूटरमा रहेको फ्यानलाई समय समयमा सफा गर्नुपर्छ ।

यसले गर्दा पङ्खा राम्ररी चल्छ र तपाईको पिसीको महत्वपूर्ण पार्टहरुलाई सुरक्षित राख्ने गर्दछ । कम्प्युटरको अरु भागहरुलाई पनि समय समयमा सफा गरिरहनुपर्छ ।