कीवर्डहरू -

फेसबुक ग्रुप धेरै भए ? यसरी हट्न सकिन्छ फेसबुक ग्रुपबाट 

फेसबुक ग्रुप धेरै भए ? यसरी हट्न सकिन्छ फेसबुक ग्रुपबाट 

फेसबुकको प्रयोगकर्ता बढ्दै जाँदा यसमा ग्रुप बनाउने चलन पनि बढ्दै गएको छ । विभिन्न ग्रुप क्रियट गरेर छलफल गर्ने गरिन्छ । कतिलाई आवश्यक भएर यस्तो ग्रुप बनाएका होलान तर कतिलाई भने जानकारीविना यस्ता ग्रुपमा राखिन्छ ।

घरिघरि फेसबुक ग्रुपको नोटिफिकेसन आएर हैरान पारेको हुन्छ । यदि तपाईंलाई फेसबुक ग्रुप आवश्यक छैन भने सजिलै त्यहाँबाट हट्न सक्नुहुन्छ । यसको लागि यस्तो तरिका :

डेक्सटप कम्प्युटरमा फेसबुकबाट यसरी हट्ने

–     फेसबुक खोल्ने ।

–    बायाँतिर रहेको ग्रुप भन्ने अप्सनमा क्लिक गर्ने ।

–    अब यहाँ तपाईं जोडिएका सबै फेसबुक ग्रुपको लिष्ट आउँछ । त्यहाँ तपाईं हट्न चाहेको ग्रुप छान्नुहोस्।
–    अब माथि दायाँतिर ज्वाइन्ट भन्ने अप्सन रहेको हुन्छ । त्यहाँ क्लि गर्नुहोस् ।

–    त्यहाँ तीनवटा अप्सन आउँछन् । त्यसमा ‘लिभ ग्रुप’ रहेको हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

–    अब तपाईलाई ग्रसपबाट हट्नै नै हो भनेर कन्फरमेसन आउँछन् । त्यहाँ क्यानसिल र लिभ ग्रुप भन्ने अप्सन रहेको हुन्छ । त्यसमध्ये लिभ ग्रुपमा क्लिक गर्नुहोस् ।

मोबाइलमा यसरी ग्रुपबाट हट्नुहोस्

–    फेसबुक एप खोल्ने ।

–    माथि दायाँ भागमा तीन लाइनको आइकन रहेको हुन्छ । त्यसलाई खोल्ने ।

–    अब धेरै अप्सन आइपुग्छन् । स्क्रोल गर्दै तल आउने । ग्रुप भन्ने अप्सन छान्ने ।

–    अब तपाईं सदस्य भएका ग्रुपहरु खुल्छन् । माथि फोटोसहित ठूलो अक्षरमा तपाई जोडिएका फेसबुक ग्रुपको लिष्ट रहेको हुन्छ । यसलाई दायाँ बायाँ स्क्रोल गरेर तपाईंले छोड्न चाहेको ग्रुप छान्न सक्नुहुन्छ ।

–    अब दायाँ माथिल्लो कुनामा तीन डट आइकन रहेको हुन्छ । यसमा क्लिक गर्दा विभिन्न अप्सन आउँछन् । त्यहाँ लिभ ग्रुप भन्ने अप्सन रहेको हुन्छ । त्यसमा क्लिक गर्ने ।

–    अब ग्रुप छोड्ने हो भने कन्फरमेसन माग्छ । अब लिभ ग्रुप भन्नेमा क्लिक गर्नुहोस् ।