कीवर्डहरू -

इन्टरनेट नहुँदा पनि गुगल क्यालेण्डर कसरी चलाउने ?

इन्टरनेट नहुँदा पनि गुगल क्यालेण्डर कसरी चलाउने ?

गूगल क्यालेण्डरलाई गूगल क्रोममा अफलाइन रुपमा पनि प्रयोग गर्न सकिन्छ । यो फिचरले गर्दा इन्टरनेटको अवस्थाले गर्दा पनि गूगल क्यालेण्डरलाई कुनै फरक पर्दैन् ।

यो फिचर प्रयोग गर्न गूगल क्यालेण्डर खोल्नुपर्छ । त्यसपछि माथिल्लो दायाँ भागमा रहेको 'सेटिङ्ग'लाई क्लिक गरेर पुनः सेटिङ्ग भन्नेमा थिच्नुपर्छ । यसपछि बायाँ भागमा रहेको 'जेनेरल' भन्ने अप्सनमा गएर अफलाइन भन्ने अप्सन क्लिक गर्नुपर्छ जसले अफलाइन हुने गर्दछ ।

अब 'रिलोड' भन्ने अप्सन क्लिक गर्ने । अफलाइनमा सिन्क हुँदा दायाँ भागमा आइकन आईरहेको हुन्छ । अफलाइन भएपछि क्यालेण्डर स्टाटस अफलाइन देखाउँछ । यो फिचरमा चार हप्ता पहिलेको र भविष्यमा जहिले सम्मको पनि मिति हेर्न सकिन्छ ।