कीवर्डहरू -

माइक्रोसफ्ट पावर एपबाट ४ करोड व्यक्तिको डेटा लिक, ४७ कम्पनी प्रभावित

माइक्रोसफ्ट पावर एपबाट ४ करोड व्यक्तिको डेटा लिक, ४७ कम्पनी प्रभावित

माइक्रोसफ्टको पावर एपबाट दर्जनौं कम्पनी र सरकारी निकायका डेटाहरु लिक भएका छन् । जसबाट ठूलो संख्याका व्यक्तिहरुका व्यक्तिगत डेटा सार्वजनिक भएका छन् ।

अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार ३ करोड ८० लाख व्यक्तिका व्यक्तिगत डेटा लिक भएको जनाएका छन् ।

यसरी डाटा लिक हुुँदा ति व्यक्तिको कोभिड १९ भ्याक्सिन लगाए नलगाएको, जागिरको लागि आवेदन दिएको नम्बर, सामाजिक सुरक्षा नम्बर, फोन नम्बर, आइडी नम्बर, व्यक्तिको पुरा नाम र इमेल ठेगानालगायतका थुप्रै सूचना सार्वजनिक भएका छन् ।

समाचारअनुसार विभिन्न ४७ कम्पनी र सरकारी निकायहरु यस घटनाबाट प्रभावित भएका छन् ।

डेटा लिक भएका संस्थाहरुमा इन्डियाना डिपार्टमेन्ट अफ हेल्थ, न्युयोर्क सिटी पब्लिक स्कुल, अमेरिकी एयर लाइन्स, मार्याल्याण्ड, जेबी हण्ट, माइक्रोसफ्ट लगायतका कम्पनी तथा संस्थाहरु रहेका छन् ।

पावर एप भनेको माइक्रोसफ्टको यस्तो सेवा जसले प्रयोगकर्तालाई आफ्नै एप प्लेटफर्म उपलब्ध गराएको छ । साथै, विभिन्न संघसंस्था, सरकारी कार्यालय, कम्पनीहरुलाई आफ्ना कर्मचारी, ग्राहकको डेटा संकलन र प्रयोग गर्न एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) उपलब्ध गराएको हुन्छ ।

एपीआईमा राखिएका ति डेटाहरुलाई प्राइभेसी सेटिङ गरेर सुरक्षित राखिएको हुन्छ । तर, ग्राहक वा कम्पनीले चाहेमा पब्लिक गरेर पनि राख्न सक्छन् ।

माइक्रोसफ््टले यसको खास समस्या के हो भनेर एकिन गर्न दुई टुल्सको प्रयोग गरेको जनाएका छ । उसले ‘टेवल प्रमिसन’ र ‘न्यु टुल्स’ भन्ने टुल्स प्रयोग गरेर यसका सेक्युरिटीमा के समस्या आयो भनेर हेरिरहेको जनाएको छ ।

प्रयोगकर्तालाई अझै पनि आफ्ना डेटा दुरुपयोग नहोस् भनेर कोड परिवर्तन गर्न भनिएको छ । यो डाटा लिक ठूलो स्तरको भएको र यो टेक्नोलोजी उद्योगको लागि एक शिक्षा र भविष्यमा हुने यस्ता डेटा लिकको लागि थप पाठ भएको अन्तर्राष्ट्रिय टेक्लोलोजी सम्बन्धी अनलाइनहरुले जनाएका छन् ।

\"\"