कीवर्डहरू -

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमी नेपालको कंलकीमा पाँचौं एमआई स्टोर

साओमीले नेपालमा आफ्नो पाँचौं एमआई स्टोर सार्वजनिक गरेको छ । साओमीले कलंकीमा एमआई स्टोर सार्वजनिक गरेको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो साओमी नेपालका लागि एक विशेष माइलस्टोन भएको बताए ।

‘देशमा हाम्रो ५ औँ एमआई स्टोरसंग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्न प्रयास जारी राख्नेछौं । हाम्रो एमआई प्रशंसकहरुको लागी सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौँ,’ उनले भने, ‘नेपालमा हाम्रा एमआई प्रशंसकहरु एमआई स्टोरमा भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरै भन्दा धेरै उपयोग गर्ने सक्नेछन् ।’

यो मोडलले साओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नको लागि इमानदारीसंग अधिक मूल्य थप्ने उत्साहलाई झल्काउने कम्पनीले बताएको छ ।

आफ्नो प्रकारको पहिलो रहेको नयाँ एमआई स्टोरले निर्बाध रूपबाट आपूर्ति श्रृंखला प्रबन्धनबाट उत्पादनको उपलब्धता र वितरण उपायसम्म रिटेल प्रयासहरुलाई ब्रान्डको शासनको अधीनमा ल्याएर एकीकृत गर्ने कम्पनीको भनाइ छ ।