कीवर्डहरू -

यात्राका लागि तयार भयो विश्वकै पहिलो विद्युतीय कार्गाे जहाज

यात्राका लागि तयार भयो विश्वकै पहिलो विद्युतीय कार्गाे जहाज

विश्वकै पहिलो विद्युतिय कार्गाे जहाजको रुपमा यो वर्ष यात्रामा जान तयार भएको छ । यारा इन्टरनेसनलले सन् २०२१ को अन्त्यसम्ममा नर्वेमा विद्युतिय कार्गाे जहाज चलाउने लक्ष्य लिएको छ ।

यारा बर्कल्याण्ड नाम गरेको यो जहाज हेरोया देखि र्बेभिक सम्म चल्नेछ । यसलाई तीन ओटा मात्रै रिमोट कन्ट्रोलले सञ्चालन गरिनेछ ।

याराले जाहाजको अवधारणाको विकास सन् २०१७ देखिनै गर्दै आएको छ र सन् २०२० मा चलाउने सोचेको थियो तर महामारीको  कारणले यसमा ढिलाई भएको थियो । यो पहिलो चालकविहीन जहाज भने होइन तर पहिलो विद्युतिय चालकविहीन जहाज हो ।

यसको उच्च स्पीड भनेको १३ नट हो । यो ९०० किलोवाटको प्रप्युलेसन प्रणालीमा चल्ने गर्दछ । विद्युतिय कार्गाे जहाज भएकाले यो वातावरण मैत्री हुने पनि बताएका छन् ।