कीवर्डहरू -

वर्षदिनमा मोबाइल वालेटको कारोबारमा सामान्य वृद्धि, असारमा १२ अर्ब ८० करोड भुक्तानी 

वर्षदिनमा मोबाइल वालेटको कारोबारमा सामान्य वृद्धि, असारमा १२ अर्ब ८० करोड भुक्तानी 

मोबाइल वालेटहरु डिजिटल भुुक्तानीमा निकै मिहिनेतसहित लागे पनि गत आर्थिक वर्षमा उनीहरुको कारोबार वृद्धि सामान्य भएको छ ।

गत आर्थिक वर्षभरीमा उनीहरुले २५ प्रतिशतको कारोबार वृद्धि गरेका छन् । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अन्तिम महिना असारमा मोबाइल वालेटको कारोबार १२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षभरीको सबैभन्दा धेरै हो ।

यो रकम अघिल्लो वर्षको सोही समयको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असार महिनामा वालेटबाट भएको कारोबार १० अर्ब २२ करोड २० लाख रुपैयाँ थियो ।

गत आर्थिक वर्षको पहिलो महिनामा ७ अर्ब ५७ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा अन्तिम महिनामा पुग्दा १२ अर्ब ७९ करोड पुगेको हो ।