कीवर्डहरू -

एनसेलको प्रति ग्राहक डेटा खपत ९० प्रतिशतले वृद्धि 

एनसेलको प्रति ग्राहक डेटा खपत ९० प्रतिशतले वृद्धि 

निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलको प्रति ग्राहक डेटा खपतमा उल्लेख्य वृद्धि भएको छ ।

एनसेलको मुुख्य लगानीकर्ता आक्जिआटाले सार्वजनिक गरेको सन् २०२१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रति महिना प्रति ग्राहक डेटा खपत ३ हजार ६ सय ८४ एमबी पुुगेको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १ हजार ७ सय ५३ एमबीले धेरै हो । अर्थात गत वर्षको तुलनामा यस वर्ष प्रति महिना प्रति ग्राहक डेटा खतप ९० प्रतिशतले वृद्धि भएको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा यस्तो खपत २ हजार ७ सय ९८ एमबी थियो ।

दोर्सो त्रैमासिकमा एनसेलले कुल आम्दानीमा समेत सुधार गरेको छ । वित्तीय विवरणअनुसार तीन महिनामा (अप्रिल–जुन) सम्मको आम्दानी १० अर्ब ३१ करोड ४० लाख रुपैयाँ पुुगेको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा १ अर्ब २ करोड ३० लाख रुपैयाँले बढी हो । सन् २०२० को दोस्रो त्रैमासिकमा एनसेलको आम्दानी ९ अर्ब ५४ करोड रुपैया थियो ।

एनसेलको कुल आम्दानीमध्ये डेटाबाट हुने आम्दानी २५ प्रतिशत रहेको छ । अर्थात यस वर्षको दोस्रो त्रैमासिकमा एनसेलले डेटाबाट २ अर्ब ६४ करोड ७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ ।