कीवर्डहरू -

भर्चुअल रियालिटीबाट अब अन्तरिक्षमा हिडेको अनुभव गर्न सकिने

भर्चुअल रियालिटीबाट अब अन्तरिक्षमा हिडेको अनुभव गर्न सकिने

चाँडैनै मान्छेहरुले भर्चुअल रियालिटीको माध्यमले अन्तरिक्षमा हिडेको अनुभव गर्न पाउने भएका छन् । हामी मध्यमा धेरै अन्तरिक्ष यात्रा कहिले पनि गर्न असक्षम छौँ र हिडँन त टाढैको कुरा हो ।

अर्बपतिहरुले पनि अन्तरिक्ष सम्म जाँदा स्पेसक्राफ्टबाट बाहिर हेर्न मात्रै पाउने गर्दछन् । तर अब स्पेस एक्सपलोरर: द आईएसएस एक्सपेरियन्सको एपिसोड ३ र ४ ले अन्तरिक्षमा तैरिदा कस्तो अनुभव हुन्छ भनेर भर्चुअल रियालिटी मार्फत जान्न अवसर प्रदान गर्नेछ ।

यसका लागि फिलिक्स र पल स्टुडियोले भर्चुअल रियालिटी क्यामेरा कस्टोमाइज गरेका छन् जसलाई क्यान्डारम २ रोबोटमा जोडिएको छ ।

यसले अन्तरिक्ष स्टोसनको बाहिरबाट थ्रीडी र ३६० डिग्री सिनहरु खिच्न सक्छ । फिलिक्स र पलको आउटर स्पेस क्यामेरा भनेको जेड क्याम भि वान प्रोकै परिमार्जित भर्सन हो । यसमा नौ ओटा फोर के सेन्सर रहेको छ जसले थ्री डि र ३६० डिग्री सिनहरु एट के रिजोल्युसनमा खिच्न सक्दछ ।

यो क्यामेरालाई यूभी रे, अत्याधिक तापक्रम र माइक्रोमिटिरोईडको असरबाट बाँच्न सक्ने खालको बनाइएको छ । यो प्रोजेक्ट सन् २०१५ मानै सुरु भईसकेको थियो । एपिसोड ३ र ४ चाँडैनै फाइभ जी भएको डिभाइसमा शिर्ष कम्पनीहरु मर्फत उपलब्ध हुनेछ ।

यो दक्षिण कोरियामा एलजीयू प्लस, जापानमा केडिडआई, फ्रान्समा ओरेन्ज र जर्मनीमा डियुटस्चे टेलिकमकमे मार्फतले उपलब्ध हुनेछ । भिआर अनुभवका लागि रिफ्टको अक्युलस स्टोर, क्वेस्ट र क्वेस्ट २ हेडसेटमा उपलब्ध हुनेछ ।