कीवर्डहरू -

क्लबहाउसको आईओएस एपमा नयाँ फिचर, सहभागीसँग बसेर कुरा गरेको जस्तै अनुभव गर्न सकिने

क्लबहाउसको आईओएस एपमा नयाँ फिचर, सहभागीसँग बसेर कुरा गरेको जस्तै अनुभव गर्न सकिने

क्लबहाउसले स्पाटियल अडियो फिचर ल्याएको छ । यसले अडियो गुणस्तरीयतालाई अझै राम्रो बनाउने गर्दछ । यो फिचर अहिले क्लबहाउसको आईओएस एपमा उपलब्ध भएको छ ।

यो फिचरबाट सहभागीहरूसँग बसेर कुरा गरेको जस्तै अनुभव गर्न पाइने छ । आवाजकै भरमा पनि को बोलेको पनि थाहा हुने गर्दछ ।

यो डिफल्ट फिचर हुनेछ र यसलाई प्रयोगकर्ताहरुले अफ पनि गर्न सक्नेछन् । एन्ड्रोईडमा पनि यो फिचर चाँडै आउने बताइएको छ ।

क्लबहाउसले सबै वायर र वायर बिनाको हेडफोनले स्पाटियल अडियो सपोर्ट गर्ने इनग्याजेटलाई बताएको छ । ब्लुटुथ अडियोमा यो फिचर अननै भएता पनि त्यति राम्ररी काम नगर्ने कम्पनीले बताएको छ ।