कीवर्डहरू -

वीर अस्पतालमा टोकन प्रणाली लागु, टिकट लिन लामो लाइन लाग्‍नुपर्ने बाध्यताको अन्त्य

वीर अस्पतालमा टोकन प्रणाली लागु, टिकट लिन लामो लाइन लाग्‍नुपर्ने बाध्यताको अन्त्य

वीर अस्पतालमा पुनः टोकन प्रणाली लागु भएको छ । करिब २ वर्षअघि बन्द भएको टोकन प्रणाली सोमबारबाट पुनः लागु गरिएको हो ।

टोकन प्रणाली लागु भएसँगै अब उपचारका लागि टिकट लिन लामोसमय लाइन लाग्नुपर्ने बाध्यता अन्त्य भएको छ । जसले गर्दा विरामीलाई पनि सहज हुनेछ ।

वीर अस्पतालले विरामीको ल्याब रिपोर्ट इमेल तथा मोबाइलमै ल्याब पठाउने पनि तयारी गरेको छ । मोबाइलमै ल्याब रिपोर्ट आउने व्यवस्था भएपछि रिपोर्ट अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।