कीवर्डहरू -

आइफोन १३ को स्याटेलाइट कम्युनिकेसन फिचर आपतकालीन कल र म्यासेजका लागि मात्रै उपलब्ध हुने

आइफोन १३ को स्याटेलाइट कम्युनिकेसन फिचर आपतकालीन कल र म्यासेजका लागि मात्रै उपलब्ध हुने

एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ को उपग्रह सञ्चार फिचर आपतकालीन कल र मेसेजका लागि मात्रै उपलब्ध हुने भएको छ । यो कुरा ब्लुमबर्गको मार्क गुर्मानले बताएका हुन् ।

केही दिन अघि विश्लेषक मिङ ची कुओले आगामी आईफोनले कम पृथ्वी अर्बिट उपग्रह कल र मेसेजलाई पनि सपोर्ट गर्ने भन्ने बारे रिपोर्ट सार्वजनिक गरेका थिए । तर गुर्मानले स्रोतलाई उद्धर्त गर्दै एप्प्लले अहिलेका लागि आईफोनलाई उपग्रह सञ्चारक फोन बनाउन नलागेको बताएका छन् ।

त्यसको सट्टा एप्पलले दुई ओटा आपतकालीन फिचरहरुको निर्माण भने गर्ने भएको छ । यी दुवै फिचर उपग्रह नेटवर्कमा काम गर्नेछन् ।

पहिलो फिचरलाई ईमेरजेन्सी मेसेज भाया स्याटालाईट भनिने छ र यसलाई आईमेसेज र एसएमएससगको तेस्रो प्रोटोकलको रुपमा जोडिने भएको हो । यसले सिग्नल बिना पनि आपतकालीन सम्पर्कहरुसँग सञ्चार गर्न दिने गर्दछ । यसले ईमेरजेन्सी एसओएस लेखेरै मात्रै पनि सञ्चार गर्न दिने गर्दछ ।

मेसेज प्रापकले फोन डु नट डिस्टर्बमै राखेको भएमा पनि नोटिफिकेसन पाउने गर्दछ । उपग्रह मेसेज अरु बेलाको निलो र हरियो रङ्ग भन्दा खरानी रङ्गमा आउनेछ । पछि परिमार्जन गरेर फोन पनि गर्न मिल्ने फिचर बनाइनेछ ।

अर्काे उपग्रह फिचर भनेको कुनै समस्या, आगलागी वा हवाई दुर्घटनाको बेलामा पनि आपतकालीन कल र मेसेजका लागि उपलब्ध हुनेछ । यसले प्रशासनहरुलाई स्वायत्त रुपमा पिडितको ठेगाना पनि पठाइदिन सक्छ । यसका लागि कुनै छुट्टै उपग्रह सञ्चारक पनि किन्नु नपर्ने र यो फिचर बिल्ट इननै हुने बताइएको छ ।

आउँदो आईफोनले उपग्रहहरुसँग सञ्चार गर्न क्वालकमको एक्स ६० मोडेम प्रयोग गर्ने पनि बताइएको छ । धेरैले एप्पलले नयाँ आईफोन लाइनअप सेप्टेम्बरमा सार्वजनिक गर्ने आशा गरेका छन् । यो सबै मोडेलमा उपलब्ध हुन्छ की हुँदैन् भन्ने बारे केही पनि बताइएको छैन् ।