कीवर्डहरू -

अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११  

अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११  

अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने बताएको हो ।

यो सबैका लागि अक्टोबर ५ मै उपलब्ध हुदैन् र विस्तारै सबैका लागि रोलआउट हुनेछ । विन्डोज ११ धान्न सक्ने सबै डिभाइसले सन् २०२२ को बिचसम्ममा यो अपडेट पाउनेछन् । विन्डोज ११ सपोर्ट गर्ने उपयुक्त डिभाइसहरुले  निःशुल्क ओएस अपग्रेड पाउने छन् ।

सामसङ, एसर, डेल, असुस, एचपी, लेनोभो र माइक्रोसफ्टको डिभाइसहरुले अरु कम्पनीहरु भन्दा छिटो अपडेट पाउनेछन् । तर यो अपडेट सार्वजनिक हुदाँ एन्ड्रोइड एप सपोर्ट भने नपाइने कम्पनीले बताएको छ । यो फिचर विन्डोज इन्साईडर प्रिभ्यू आएपछि मात्रै उपलब्ध हुनेछ ।

मोबाइल एपलाई माउस र कीबोर्डमा लैजान समयलाग्ने भएकाले एन्ड्रोइड एप सपोर्ट अहिले केही समयका लागि उपलब्ध हुँदैन् । यो अपडेट आफ्नो डिभाइसमा हाल्न हार्डवेयर अपग्रेड गर्नुपर्ने हुन सक्छ ।