कीवर्डहरू -

सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी

सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी

सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा कम्पनीले ‘सीजी नेट तीजको अफर आयो बरी लै’ ल्याएको हो ।

भदौ १६ गतेदेखि ३० गतेसम्म लागु हुनेछ । यो अफरमा सहभागी हुन ६ महिना र १२ महिनाको सब्सक्रिप्सन लिनुपर्नेछ । सब्सक्रिप्सन महिलाको नाममा हुनुपर्नेछ । यो अफर सीजी नेट उपलब्ध भएको ठाउँमा लागु हुनेछ ।

यस अफर अन्तर्गत ग्राहकले लक्की ड्रबाट दैनिक दुई विजेताले घरायसी सामाग्री पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै ९ यस अफरको अन्तिम दिन ९ भाग्यशाली ग्राहकले गिफ्ट ह्याम्पर जित्न सक्नेछन् भने बम्परमा एक जनाले रेफ्रीजेनेरेटरका साथ थप पुरस्कार जित्न सक्नेछन् ।

सीजी नेटको तीज अफर बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबिपिएस स्पीडको इन्टरनेट सेवा दिदै आएको छ ।

सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलंकी, सतुंगल, छाउनी, बालाजु र बल्खुमा उपलब्ध रहेको छ । कम्पनीले तिब्र रूपमा आफ्नो इन्टरनेट विस्तार गरिरहेको छ ।