कीवर्डहरू -

विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता

विन्डोज इन्साइडर प्रोग्रामबाट माइक्रोसफ्टले हटायो केही प्रयोगकर्ता

माईक्रोसफ्टले केही प्रयोगकर्ताहरुलाई विन्डोज इन्साईडर प्रोग्रामबाट निकालेको छ । विन्डोज ११ का लागि चाहिने आवश्यकताहरु पुरा नभएका पिसीहरुलाई माईक्रोसफ्टले विन्डोज इन्साईडर प्रोग्रामबाट निकालिदिएको हो ।

विन्डोज ११ सार्वजनिक भएसँगै माईक्रोसफ्टले प्रयोगकर्ताहरुका लागि आवश्यकताको नयाँ सेटनै तयार गरेको छ । तर धेरैले ती आवश्यक कुराहरुलाई पुरा नगरिकनै पनि विन्डोज ११ इन्स्टल गर्न सकेका थिए ।

तर अब निओविनका अनुसार माईक्रोसफ्टले त्यस्ता प्रयोगकर्ताहरुलाई हटाईरहेको छ । हार्डवेयर विन्डोज ११ सँग नमिल्ने प्रयोगकर्ताहरुलाई हटाइएको छ । हार्डवेयर नमिल्नेले ओएस सिस्टम ईमेज फाइलबाट इन्स्टल गर्नुपर्छ ।