कीवर्डहरू -

ट्वीटरमा अब स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर आउँदै

ट्वीटरमा अब स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर आउँदै

ट्वीटरले स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर ल्याउने भएको  छ । धेरै मान्छेहरुले आफ्नो पुरानो ट्वीटहरुको कारण विवादमा आईरहनुपरेको हुन्छ । त्यस कारण केही प्रयोगकर्ताहरुले ट्वीटडिलिट डट नेट जस्ता टूल प्रयोग गरेर पुरानो ट्वीटहरुलाई डिलिट गर्न थालेका थिए ।

यही समस्यालाई हटाउनका निम्ति ट्वीटरले स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर निर्माण गर्न लागेको हो । यो फिचरले केही समयपछि स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न दिन्छ । यो कहिले सार्वजनिक हुन्छ भनेर कम्पनीले केही पनि भनेको छैन् ।

यसमा ३० दिन, ६० दिन र ९० दिनबाट छान्न पाइनेछ । यो एप सार्वजनिक रेकर्डको रुपमा पनि काम गर्ने हुँदा यो फिचर एपले ल्याउन खोजेको हो ।