कीवर्डहरू -

नेपाल विद्युत प्राधिकरणकाे विभिन्न पदको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

नेपाल विद्युत प्राधिकरणकाे विभिन्न पदको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने

खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे फारम शुल्क खल्ती बाट सजिलै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ।

आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानी गर्न सक्नेछन्।

दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि असोज ७ सम्म रहेको छ । यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन्।

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए।

प्राधिकरणको आधिकारीक वेबसाइटबाट विभिन्न पदको लागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिने छ ।