कीवर्डहरू -

युट्युब प्रिमियम र म्युजिकको संयुक्त रूपमा ५० मिलियन सब्सक्राइबर

युट्युब प्रिमियम र म्युजिकको संयुक्त रूपमा ५० मिलियन सब्सक्राइबर

युट्युब प्रिमियम र म्यूजिकको जोडेर ५० मिलियन सब्सक्राइबर पुगेका छन् । गीतको क्षेत्रमा युट्युबले एक माइलस्टोन पुरा गरेको हो । करिब ढेड वर्ष पछि युट्युबले २ करोडबाट ५ करोड प्रयोगकर्ता पुर्‍याउन सफल भएको हो । यो सबैभन्दा छिटो वृद्धि भएको म्यूजिक सब्सिक्रिप्सन सेवा हो ।

यो सेवाले भारत, दक्षिण कोरिया, ब्राजिल, जापान र रुस जस्ता देशमा एकदमै प्रगति गर्न र दर्शकलाई आकर्षण गर्न सफल भएको थियो । तर अहिले पनि युट्युबले स्पटीफाईको जति गर्न सकेको छैन् जसले जुन सन् २०२१ मा १६.५ करोड प्रयोगकर्ता भएको दावी गरेको थियो ।

एप्पलको भने सन् २०१९ मा ६ करोड प्रयोगकर्ता रहेका थिए । अमेजनले सन् २०२० जनवरीमा ५.५ करोड प्रयोगकर्ता रहेको बताएको थियो ।