कीवर्डहरू -

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने 

अब सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने 

सम्सारा रेमिटबाट देश तथा विदेशबाट पठाएको पैसा खल्ती मार्फत सजिलै प्राप्त गर्न सकिने भएको छ । यस सँगै अब नेपालमा रहेर खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरिबाट पैसा पठाउन तथा पाउन सकिने छ ।

सम्सारा मार्फत् विदेशबाट प्राप्त गर्न सकिने राष्ट्रमा कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरु रहेका छन् ।

खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।