कीवर्डहरू -

कर्मचारीको दक्षता स्तरोन्नती गर्न नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’ 

कर्मचारीको दक्षता स्तरोन्नती गर्न नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’ 

नबिल बैंकले कर्मचारीको दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ ।

सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए ।

सोही कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्वीकृत गरेका थिए ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, को सँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्ने छन ।

यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्वीकृत गर्न सक्नेछन ।

यसले कागजी प्रकृया बिना तिब्र रुपमा कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ । नबिल बैंकले १३५ शाखा, १७६ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट बाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।