कीवर्डहरू -

आईओएसबाट एन्ड्रोइडमा च्याट हिस्ट्री सार्ने ह्वाट्सएपको टूल सामसङ डिभाइसमा सार्वजनिक

आईओएसबाट एन्ड्रोइडमा च्याट हिस्ट्री सार्ने ह्वाट्सएपको टूल सामसङ डिभाइसमा सार्वजनिक

ह्वाट्सएपको आईओएस देखि एन्ड्रोईडमा च्याट हिस्ट्री सार्ने टूल सामसङ डिभाइसमा पनि सार्वजनिक भएको छ । यो फिचरको बारेमा सुरुमा सामसङ्को हालै भएको अनप्याकड कार्यक्रममा भनिएको थियो ।

यो फिचरले च्याट हिस्ट्री सँगसँगै, भ्वाइस मेमो, फोटो तथा भिडियोलाई आईओएस र एन्ड्रोईड बिचमा सेयर गर्न दिन्छ । यो फिचर एन्ड्रोईड १० र त्यो भन्दा माथिको ओएस चलिरहेको सामसङ डिभाइसका लागि उपलब्ध रहेको छ । ह्वाट्सएपका अनुसार यो अरु एन्ड्रोईड डिभाइसमा पनि चाँडैनै उपलब्ध हुनेछ ।

यसका लागि दुई ओटा फोन कनेक्ट गर्न लाइटनिङ देखि यूएसबी–सी केबल चाहिने गर्दछ । दुवै डिभाइसमा एउटै फोन नम्बर प्रयोग भएको हुनुपर्छ । तपाईको सामसङ फोन कि त नयाँ हुनुपर्छ वा हालैमा फ्याक्ट्री रिसेट गरिएको हुनुपर्छ । यो प्रक्रिया सुरक्षित र भरपर्दाे रहेको ह्वाट्सएपको दावी छ ।